१ मंसिर २०८३, मंगलबार

साढे ७ लाख जरिवाना मिनाहा गरिदिन माग गर्दै बालेनले दिए निवेदन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

तोकिएको समयमा खर्च विवरण नबुझाएको भन्दै आयोगले शाहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले शाहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।