१ मंसिर २०८३, मंगलबार

सरकार र संसद बीच समन्वय आवश्यकः अध्यक्ष तिमिल्सिना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

१६औँ संघीय संसद दिवसका अवसरमा संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक रहेको बताए । “सरकार र संसद समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ”, उनले भने, “भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।”

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकांक्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताए । “संसद अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढङ्गले चलाउनुपर्छ”, उनले भने, “कतिपय पुराना सांसद निर्वाचित हुनुभएको छ । कतिपयमा नयाँ ऊर्जा छ तर सिक्नुपर्ने अवस्था पनि छ, संसदलाई प्रभावकारी बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण छ ।”

संसद सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रुपमा लाग्नुपर्ने उनको भनाइ थियो । “संसद सेवाको स्वायत्ततालाई कसरी अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने यी विषय सम्बोधन गर्न हामी लाग्नेछौँ”, उनले भने ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संसद र समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन सबैको क्रियाशीलता आवश्यक रहेको बताए ।