
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर आफुलाई संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेता आफुलाई बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
पौडेलले विगतमा पनि आफुले सहयोग गरेको देउवालाई स्मरण गराउँदै अहिले परिस्थिति अनुकूल भएको बेला सहयोग गर्न आग्रह गरेका हुन् ।
भेटमा पौडेलले आफु संसदीय दलको नेता बने सबैले स्वीकार्ने र पार्टी बलियो हुने बताएका थिए ।
भेटमा सभापति देउवाले कुनै ठोस जवाफ नदिएको बुझिएको छ ।












प्रतिक्रिया