१ मंसिर २०८३, मंगलबार

रुखले च्यापिएर एकजनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । धादिङको ज्वालामूखी गाउँपालिका-५ हटिया गाउँमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय लोकमान श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कृष्ण बहादुर भण्डारीको बारीमा पाँच/छ माहिना अघि ढालेर राखेको काभ्रोको सुकेको रुखको दाउरा चिर्ने क्रममा ५६ वर्षीय श्रेष्ठलाई सोहि रुखले च्यापिएर टाउकोमा चोट लाग्दा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।