
काठमाडौं, २५ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको अल वयात रंगशालामा आज बिहान भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १७ औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ५४ औँ मिनेटमा इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८ औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।
अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया