३१ आश्विन २०८३, शनिबार

महाकाली नदी नेपाल–भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन : भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेकपा एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदी नेपाल–भारतको सीमा भएकाले भारतले मात्रै एकलौटी संरचना बनाउन नमिल्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टलाईले नेपाल र भारतको सीमामा भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने बताएका हुन् ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गर्दै नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति प्रश्न समेत उठाउँदै आएको छ ।