३० आश्विन २०८३, शुक्रबार

यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दिपक बोहोराले २५ रन बनाएका थिए। त्यस्तै, अनुराग सिंह २२ रनमा आउट भए।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १(१ विकेट हात पारेका थिए। त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो। लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए ।

उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले १ लाख नगद हात पार्‍यो।