३० आश्विन २०८३, शुक्रबार

सीके राउतले घरमै पुगेर भेटे बाबुराम भट्टराईलाई

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । जनमत पार्टीका अध्यक्ष सीके राउत पछिल्लो समय विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्नमै व्यस्त छन् ।

यसैबीच, राउतले सोमबार बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई घरमै पुगेर भेटेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत राउतसँगको भेट्वार्ता पुष्टि गर्दै समसामायिक राजनीतिबारेमा छलफल भएको जानकारी दिएका छन् ।

भट्टराईले लेखेका छन्-‘जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत साबित भएकोमा खुसीु,’ उनले लेखेका छन्।