शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘मिस ईकलेज २०२३’ को लागि आवेदन खुल्यो

दैनिक नेपाल २०७९ मंसिर १९ गते ११:२२

काठमडौं, १९ मंसिर । । विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२३ को एघारौँ संस्करणको लागि आवेदन फारम खुला गरेको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुका लागि “ मिस ईकलेज २०२३” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिए । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गर्दै आएको तुलाधरले बताए ।

प्रतियोगितामा देशभरका कलेजहरुबाट २१ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । प्रतियोगिताका लागि ‘Student’s personality education and beauty’ भन्ने नारा तय गरिएको छ । प्रतियोगितामा सहभागी प्रतियोगिहरुलाई नेपाल एयर होस्टेज एकेडेमीमा अध्ययनका लागि ७ हजार बराबरको छुट, त्यसै गरी फेशन डिजाइन कोर्षमा ७ हजार बराबरको छुट ,मेकअप तालिम लिन परेमा ५ हजार बराबर छुटको व्यवस्था पनि गरिएको छ भने उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरिने जानकारी दिइएको छ ।

प्रतियोगितामा सहभागीताका लागि पौष पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीबाट भर्न सकिनेछ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा माघको पहिलो साता सम्पन्न हुनेछ ।

प्रतियोगिताका बिजेतालाई “मिस ईकलेज २०२३” को ताजसहित स्नातक तहमा २ लाख बराबरको छात्रावृत्ति लगायत विभिन्न पुरस्कारहरु प्रदान गरिने छ भने अन्य बिजेताहरुलाई मोडलिङ ,म्युजिक भिडियो, फिल्म तथा विभिन्न ब्राण्डको ब्राण्ड एम्बास्डरको भूमिकामा सहभागी गराइने छ ।

प्रतिक्रिया
सम्बन्धित