शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

वृत्तचित्र एभरेष्ट मेन पुन: पुरस्कृत

दैनिक नेपाल २०७९ मंसिर १८ गते १९:१२

काठमाडौं, १८ मंसिर । वृत्तचित्र एभरेष्ट मेन पुन: पुरस्कृत भएको छ ।

प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको साहसिक कार्यलाई चित्रण गरेर निर्माण गरिएको वृत्तचित्र सन् २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत भएको हो ।

कामीरिता शेर्पाले सबैभन्दा धेरैपटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सगरमाथाको सफल आरोहण गरेको विषयलाई वृत्तचित्रमा समेटिएको छ ।

वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित