
काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता एवं काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
आइतबार बिहान घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले जनाएको छ ।
प्रहरीले बम भएको आशंकामा सेनाको बम डिस्पोजल टोली बोलाएको थियो । तर शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।
आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सांसद बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा रहेका बताइएको छ ।











प्रतिक्रिया