१ मंसिर २०८३, मंगलबार

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता तथा काभ्रेबाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा प्रेसर कुकरसहित शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको कम्पाउण्डमा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सांसद बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका बताइएको छ ।