१ मंसिर २०८३, मंगलबार

काठमाडौंको सुकुम्बासी बस्ती नहटाउन भूमि आयोगको आग्रह

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले काठमाडौंस्थित सुकुम्बासी बस्ती नहटाउन आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि आयोगले शुक्रबार एक सूचना जारी गर्दै सुकुम्बासी बस्ती नहटाउन आग्रह गरेको हो ।

आयोगले काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन सूचना प्रकाशित गरिएको जनाएको छ ।