
काठमाडौं, १६ मंसिर । दोलखामा बिहिबार रातीबाट भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राखेका छन् ।
दोलखाको गौरीशङ्कर क्याम्पसमा गएराति ९ बजेदेखि सुरु भएको मतगणनामा कार्कीले १ हजार ६५४ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल ११८ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार विजय खड्काले ५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।












प्रतिक्रिया