१ मंसिर २०८३, मंगलबार

स्याङ्जा–२ः कांग्रेसका गुरुङको अग्रता

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, १५ मंसिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन् ।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।