१ मंसिर २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ मंसिर । मकवानपुरको बकैया-३ मा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा एकजनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया-५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।