१ मंसिर २०८३, मंगलबार

उदयपुर–१ मा कांग्रेसका खड्का विजयी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १४ मंसिर । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का विजयी भएका छन् ।

खड्काले ३१ हजार २ सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गरिन् ।

खड्का यसअघि २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सोही स्थानबाट निर्वाचित भएका थिए ।

यसैगरी, राप्रपाका धुर्व कुमार राय माझीले ३ हजार ९ सय १५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दब अधिकारीले ३ हजार ४ सय ४४ मत प्राप्त गरे ।