
काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ ।
निर्वाचन अयोगले बुधबार बिहान सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।
यसैगरि, नेपाली कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित दोस्रो स्थानमा रहेको छ भने ११ लाख ४३ लाख ५०३ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित चौथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ ।












प्रतिक्रिया