शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यू–१९ क्रिकेट प्रतियोगिता : बागमती प्रदेशको अपराजित यात्रा जारी

दैनिक नेपाल २०७९ मंसिर १३ गते २१:११

काठमाडौं, १३ मंसिर । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

बागमतीको जितमा कप्तान अशोक पौडेलले ६४ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । लकि कडायतले ९२ बलमा अविजित ५१ रनको अर्धशतकी ईनिङ खेले ।

कर्णालीका लागि अनुज चुनारा,युनिश सिंह र आवास शाहले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको हो । कर्णालीका लागि कप्तान विपीन रावलले ९२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । मनिश थापाले ३५ बलमा २५ रन जोड्दा अनिरुद्ध कवार ११ रनका आउट भए ।

अपराजित बागमती जित हात पारेर ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै प्रदेश १ ले मधेश प्रदेशमाथी सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशमाथी प्रदेश १ ले १० विकेटको जित हात पारेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो ।

मधेशले दिएको ७१ रनको लक्ष्य प्रदेश १ ले १९.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्‍यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३१।३ ओभरमा अलआउट हुदै ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए ।

जितसँगै प्रदेश १ ले फाईनल पुग्ने सम्भावना जिवित राखेको छ । प्रदेश १ को ४ खेलबाट ४ अंक भएको छ ।

मधेश ३ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित