
काठमाडौं, १३ मंसिर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर रु ९७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया