शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वकपमा ५ गोल गर्दै रोनाल्डोले रचे इतिहास

दैनिक नेपाल २०७९ मंसिर ९ गते ११:३०

काठमाडौं, ९ मंसिर । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कतारमा जारी फिफा विश्वकपमा गोल गर्दै नयाँ कीर्तिमान रचेका छन् ।

विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो पहिलो खेलाडी बनेका छन् । विहीबार समूह ‘जी’ को खेलमा घानाविरुद्ध गोल गर्दै रोनाल्डोले कीर्तिमान रचेका हुन् ।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए । त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोेनाल्डोले लगातार तीन विश्वकपमा गोल गरे ।

सन् २०१८ मा रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे । उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए । त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित