
काठमाडौं, ९ मंसिर । पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि जनता समाजवादी पार्टीका सप्तरी इञ्चार्जले राजीनामा दिएका छन् ।
निर्वाचनमा पार्टीले कमजोर नतिजा निकालेपछि जिल्ला इञ्चार्ज कौशलेन्द्र यादवले पदबाट राजीनामा दिएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले नै यो निर्वाचनमा लज्जास्पद हार ब्यहोर्नु परेको छ ।
चुनावमा लाज्जस्पद हार बेहोर्नु परेको हुनाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको ईञ्चार्ज यादवले बताएका छन् ।
हालसम्म जसपाले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा एक सिट मात्र जितेको छ । प्रदेश सभामा खाता खाल्नै सकेको छैन ।















प्रतिक्रिया