शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ८ गते २०:४५

काठमाडौं, ८ मंसिर । धादिङ प्रदेश सभा १ बाट प्रतिनिधि सभा सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गर्दा पराजित त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याए । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४ सय ७५ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित