२९ आश्विन २०८३, बिहिबार

ओली-प्रचण्ड फोन संवादबाट वामदेव खुशी, भन्छन्- ओलीको दूरदृष्टि प्रस्ताव

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेकपा राष्ट्रि एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी पुन सहकार्य गर्नका लागि राखेको प्रस्ताव दूरदृष्टिपूर्ण प्रस्ताव भएको भन्दै प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष गौतमले ओलीले प्रचण्डलाई राखेको प्रस्तावबाट आफू खुशी भएको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुशी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु। ’