२९ आश्विन २०८३, बिहिबार

रवि लामिछाने र निकिता पौडेलले मनाए जितको खुसी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । पूर्व संचारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले विजयको खुसी मनाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा रवि र निकिता जितको खुसी साटेको उल्लासपूर्ण मुडमा देखिएका छन् । अहिलेको चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित जित हासिल गरेको छ ।

रवि चितवनबाट भारी मतका साथ विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहे । उनले १४ हजार ६ सय ४९ मत पाए।