शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादीका पासाङ निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १५:२४

काठमाडौं, ८ मंसिर । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले ३१ हजार ३ सय ५१ मत पाए भने निकट्तम प्रतिस्पर्धी एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

यस्तै, जनता समाजवादी पार्टीका कृष्णकुमार राई १ हजार ९ सय १४ मत ल्याउँदै तेस्रो भए ।

प्रतिक्रिया
सम्बन्धित