शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सूर्य चिह्नबाट पराजित भएपछि कमल थापाले के भने एमाले अध्यक्ष ओलीलाई ?

दैनिक नेपाल २०७९ मंसिर ८ गते १३:५९

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको सूर्य चिह्न लिएर मकवानपुर–१ बाट चुनावी प्रतिस्पर्धा गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित भएका छन् ।

यो क्षेत्रमा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह निर्वाचित भएका छन् । सिंहले सत्ता गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी डिनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । यसैगरी नेकपा एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

आफू पराजित भएसँगै थापाले नेपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद । तर, तपाइँको विश्वास जोगाउन नसकेकोमा दु:खी छु,’ थापाले केपी शर्मा ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

ओली विजयी भएकोमा थापाले शुभकामना पनि दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित