मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

एमाले अध्यक्ष ओली विजयी

दैनिक नेपाल २०७९ मंसिर ७ गते १६:२४

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।

मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भइसकेको थियो । ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी सुरूवात देखि नै ओलीको मत भन्दा दोब्बर बढी मतले पछाडि हुनभयो।

ओलीले ५२ हजार ३ सय १५ मत पाउनु भएको छ भने उहाँका निकट्तम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४१ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर नै २८ हजार ५ सय ७४ रहेको छ ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल हुनुहुन्छ ।

अध्यक्ष ओली योसँगै  ६ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित