मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

न्युरोडमा नक्कली प्रहरी हवल्दार बनेर १० तोला सुन लुटपाट

दैनिक नेपाल २०७९ मंसिर ८ गते १२:१२

काठमाडौं, ८ मंसिर । काठमाडौंको न्युरोडमा नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट भएको छ ।

प्रहरी हवल्दारको पोसाक लगाएर पेस्तोलसहित पुगेका व्यक्तिहरुले सुन लुटपाट गरेका हुन् । प्रहरीले लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट १ थान पेस्तोलसमेत बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित