शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कतार विश्वकप: आज चार खेल हुँदै, कुन-कुन देश भिड्दैछन् ?

दैनिक नेपाल २०७९ मंसिर ८ गते ११:५८

काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

आज समूह ‘जी’ र ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित