बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा आज साउदीमा राष्ट्रिय बिदा

दैनिक नेपाल २०७९ मंसिर ७ गते ९:५७

काठमाडौं, ७ मंसिर । विश्व फुटबलको शक्तिशाली राष्ट्र अर्जेन्टिनालाई पराजित गरेपछि साउदी अरेबियाले आज बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

साउदीका राजा सलमान बिन अब्दुलअजीजले अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा बिदा घोषणा गरेका हुन् ।

Image

कतारमा जारी विश्वकपमा मंगलबार  साउदीले अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । साउदीले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो ।

Image

लुसेल रंगशालामा भएको खेलको ४९ औं र ५३ औं मिनेटमा साउदीका सलेह अल शेहरी र सलिम अल्दावसरीले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए भने खेलको  १० औं मिनेटमा लियोनल मेसीले पेनाल्टीबाट अर्जेन्टिनाका लागि एक मात्र गोल गरेका थिए ।

Image

प्रतिक्रिया
सम्बन्धित