३१ आश्विन २०८३, शनिबार

विश्वकपः डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।