शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

दैनिक नेपाल २०७९ मंसिर ६ गते १८:३७

काठमाडौं, ६ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानले प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्लले प्रतियोगिताको तयारी सकिएको बताए ।

उनले मंसिर ७ गतेदेखि सुरू भएर १९ गतेसम्म टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिए । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिनदेखि हरेक दिन दुई खेल हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने मल्लले जानकारी दिए ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित