३ मंसिर २०८३, बिहिबार

ललितपुर २ मा एमालेको अग्रता कायम, सत्ता गठबन्धन चौथो स्थानमा (मतपरिणामसहित)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर २ मा पनि अग्रता कायम राखेको छ ।

जारी मतगणनामा यहाँ १० हजार ८८ मतगणना हुँदा एमाले उम्मेदवार प्रेम बहादुर महर्जनले २ हजार ९८० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले २ हजार ४९७ मतसहित पछ्याइरहेका छन् ।

ललितपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जन १ हजार ४९० मतसहित तेस्रो स्थानमा रहेका छन् ।  यहाँ सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्ण लाल महर्जन १ हजार ४७७ मतसहित चौथो स्थानमा रहेका छन् ।