
मकवानपुर, ५ मंसिर । मकवानपुरको हेटौंडा-१४ मयुरधापमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँके पैजापुर गाउँपालिका-४ घर भएका ३० वर्षीय ओम प्रकाश थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेक बहादुर कार्कीका अनुसार आइतबार मयुरधापमा रहेको मकवानपुर कन्ट्रक्सन प्रालीमा मोटर लगाएर ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भएर करेन्ट लाग्दा थारु बेहोस भएका थिए ।
थारुलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया