
काठमाडौं, ५ मंसिर । विश्वकप फुटबल अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारलाई हराउँदै इक्वेडरले विजयी सुरुवात गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा इक्वेडरले कतारविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो । इक्वेडरका लागि दुवै गोल कप्तान इनर भलेन्सियाले गरेका हुन् ।
भलेन्सियाले पहिलो गोल खेलको १६औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए भने दोस्रो गोल खेलको ३१औँ मिनेटमा गरेका थिए ।
भलेन्सियाले नै खेलको तेस्रो मिनेटमा गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल रद्ध भएको थियो ।















प्रतिक्रिया