
काठमाडौं, ४ मंसिर । रौतहटको दुई मतदान केन्द्रमा प्रहरी हवाई फायर गरेको छ ।
गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकाको प्रावि भवन अमरपट्टि एक राउन्ड हवाई फायर भएको प्रहरीले जानकारी दिएको छ ।
मतदानस्थल बाहिर केही समूहले होहल्ला गरेर मतदानमा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।













प्रतिक्रिया