२९ आश्विन २०८३, बिहिबार

सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ ।

मतदान केन्द्रमा माओवादी कार्यकर्ताले एकलौटी गरेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेपछि विवाद भएको हो । बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेर स्थिती नियन्त्रणमा लिइएको छ ।

सोही मतदान केन्द्रबाट विवाद हुनु केहीबेरअघि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका थिए ।