
काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् ।
बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।
सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रचण्डले गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दाबी गरे।
मतदान गरेलगत्तै उनी गोरखा गएका थिए । शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।













प्रतिक्रिया