२९ आश्विन २०८३, बिहिबार

शनिबार ३ जना कोरोना संक्रमित थपिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपालमा गत २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ सय २२ जनाको नमुना परिक्षण गरिएकामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयकाअनुसार शनिबार १५ जना संक्रमित निको भएका छन् ।

हाल देशभर ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।