
काठमाडौं, ३ मंसिर । भोलि (आइतबार) हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १ लाख ७८ हजार भन्दा धेरै यात्रुले उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहानसम्म काठमाडौं उपत्यकाबाट १ लाख ७८ हजार ५३४ जना यात्रु बाहिरिए हुन् ।
सबैभन्दा धेरै यात्रु शुक्रबार र शनिबार बाहिरिएका हुन् । कोटेश्वर, गौशाला, चावहिल, गोंगबु र कलंकी लगायत स्थानमा विभिन्न जिल्ला जाने यात्रुको भीड नै लागेको छ ।
गत स्थानीय तहको चुनावमा करिब १० लाख यात्रु बाहिरिएका थिए ।













प्रतिक्रिया