
काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्री मेटमणि चौधरीलाई २५ हजार जरिवाना गराएको छ ।
मन्त्री चौधरीले निर्वाचन आचारसंहिता विपरित बाढी पीडितलाई चामल बाँडेपछि जरिवाना गरेको हो । यसअघि मन्त्री चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको थियो ।
चौधरीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले जरिवाना तिराएको हो ।













प्रतिक्रिया