३ मंसिर २०८३, बिहिबार

सूर्य थापा भन्छन्ः झ्यापमा भएको मान्छेको कुरा पत्याउने को हुन् ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले एमालेलाई बदनाम गराउन झुटो प्रचार गरिएको बताएका छन् ।

निर्वाचन आयोगले ‘भेलुबाजे’ भनेर चिनिने मीनबहादुर बुढालाई २ हजार दिई आफ्नो प्रचारप्रसार गराएको भन्दै थापालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि थापाले चुनाव जित्न पैसा बाँड्नु नपर्ने बताए ।

विस्तृत जवाफ आयोगलाई दिने बताउँदै थापाले संक्षेपमा भनेः ऊ आफैँले म झ्याप थिएँ भनेको छ । झ्यापमा भएको मान्छेको कुरा पत्याउने को हुन् ?

चुनाव जित्नकै लागि अहिलेसम्म कसैलाई पनि एक रुपैयाँ पनि नबाँडेको बताउँदै थापाले चुनावी प्रतिस्पर्धामा आफू अन्य उम्मेदवारभन्दा अघि रहेको र मान्छे किनेर चुनाव जितिने भ्रममा आफू नरहेको स्पष्ट पारेका छन् ।