३ मंसिर २०८३, बिहिबार

कांग्रेस बागमती प्रदेश सभापति बाँनिया चढेको गाडी तोडफोड

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको गाडी तोडफोड भएको छ ।

मकवानपुर-२ को प्रदेशसभा (ख) का उम्मेदवार समेत रहेका बाँनिया चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरि सांकेतिक कारबाही गरेको नेकपा मकवानपुरले जनाएको छ ।

‘मकवानपुर जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठक, गुन्डागर्दीको नाइके समेत रहेको संघ २ को (ख) उम्मेदवार इन्द्रबहादुर बाँनिया चढेको गाडि हेटौंडा -१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको जनसमुदाय र संचारमाध्यमहरुमा जानकारी गर्दछौँ ।’ नेकपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले भने जिल्लामा कुनै सवारी तोडफोड भएको जानकारी नआएको जानकारी दिए ।