३ मंसिर २०८३, बिहिबार

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । निर्वाचन नजिँकिदै गर्दा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

आज शुक्रबार बिहान काठमाडौं र ललितपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज बिहान काठमाडौंको बूढानीलकण्ठ स्थित स्पेशल चोक र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । प्रेसर कुकरसहित शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।

यसैगरी, शुक्रबार बिहानै ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने सुरक्षा व्यवस्थालाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।

४ मंसिर आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।