२९ आश्विन २०८३, बिहिबार

मदिरा सेवन गरेर लफडा गरेपछि मतदान अधिकृत पक्राउ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नवलपरासी पश्चिममा मदिरा सेवन गरेर लफडा गर्ने निर्वाचन अधिकृत पक्राउ परेका छन् ।

मङ्सिर ४ गते हुन गइरहको निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी मदिरा सेवन गरेर लफडा गरेपछि पक्राउ परेका हुन् ।

उनले मुख्य निर्वाचन अधिकृतलाई अस्वाभाविक व्यवहार देखाई विवाद गरेका थिए । पक्राउ परेसँगै उनलाई मतदान अधिकृतबाट निलम्बनसमेत गरिएको छ।

सो मतदान स्थलमा वैकल्पिक मतदान अधिकृत नियुक्ति गरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।