२९ आश्विन २०८३, बिहिबार

मंसिर ४ पछि सत्ता गठबन्धन रहँदैन: एमाले अध्यक्ष ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन मंसिर ४ पछि नरहने बताएका छन् ।

बिहीबार झापा क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन शेरबहादुर देउवा र प्रचण्डको मिलेमतोमात्रै भएकाले मंसिर ४ पछि यो खरानीको डल्लो जसरी समाप्त हुने बताए ।

एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण सत्तामा रहेका पार्टीहरुले गठबन्धन बनाएर चुनाव लडे पनि एमाले जनताको मतबाट सरकारमा फर्किने अध्यक्ष ओलीले बताए ।

राष्ट्रियता, स्वाभिमान कमजोर पार्नका लागि र देशको विकास रोक्न धेरै षड्यन्त्र भइरहेको भन्दै उहाँले मंसिर ४ को निर्वाचनले यसको फैसला गर्नुपर्ने बताए ।

एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु भई बिहीबार झापामा समाप्त भएको छ ।