![]()
काठमाडौं, १ मंसिर । जुम्लामा मतदान केन्द्रमा जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
तातोपानी-८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृत लगायत निर्वाचनका लागि खटिएका अधिकारीहरु सवार भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् ।
घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।













प्रतिक्रिया