
काठमाडौं, १ कात्तिक । झापाको कचनकवलको केराबारीमा हात्ती मृत फेला परेको छ ।
चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित केराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो ।
मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।
डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।













प्रतिक्रिया