२९ आश्विन २०८३, बिहिबार

नेपालगन्जमा घरभित्र प्रेसर कुकर बम बिष्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेपालगञ्जको एक घरमा प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१० स्थित श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो । घाइते हुनेहरुमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

बम बिष्फोट भएपछि अन्य दुई जना भने फरार भएका छन् । उनीहरुले बम बनाइरहेका बेलामा बिष्फोट भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।